जाजरकोटकाे कुदुमा एकैपटक तीन लिप्ट सिँचाइ योजना

जाजरकोट । भेरी नगरपालिका –१३ कुदुका बासिन्दाले खानेपानीसहित सिँचाइ सुविधा पाउने भएका छन् । यहाँ एकै पटक तीनवटा लिप्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेपछि कुदुवासीले असोजसम्ममा खानेपानी र सिँचाइ सुविधा पाउने भएका हुन् । असोजसम्म तीनै वटा योजना निर्माण गरिने लक्षका साथ काम भइरहेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए।

कुदुको ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने उनले बताए। भेरी नदीको पानीलाई लिप्टमार्फत कुदुमा ल्याई यहाँ १२ महिना सेवा प्रवाह गर्न लागिएको छ । पहिलो लिप्ट रु ८९ लाखको लागतमा, दोस्रो रु एक करोड तीन लाखको लागतमा र तेस्रो रु ९० लाखको लागतमा निर्माण भइरहेको छ ।

लामो समयदेखि सुक्खा र खडेरीले पिउने पानीको समस्या झेल्दै आएको कुदुमा तीन वटा लिप्ट सिँचाइ योजना निर्माण भए पश्चात् प्रर्याप्त सिँचाइ गर्नलाई पानी पुग्ने बताइएको छ । एकसय दश हेक्टर जमिनमा भेरीको पानीबाट प्रर्याप्त सिँचाइ पुर्‍याउन सकिएमा यहाँको जमिनलाई खाद्यान्न उत्पादनमा प्रयोग गर्न सकिने भएको छ । भेरीको पानीले सिँचाइ गरेर धान, गहुँलगायत अन्नबाली र व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुने स्थानीयवासी शेरबहादुर बस्नेतले बताए ।

footwear zone

कुदुको विशाल फाँटलाई अन्न उत्पादनको रुपमा प्रयोग गरी जिल्लालाई नै सहयोग पुग्ने खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । जिल्लाको ठूलो फाँटमध्ये यो एक रहेको छ । अहिले पानीको अभावमा यहाँका बासिन्दाले आकाशे पानीको भरमा मकैबाली लगाउँदै आएका छन् ।

You might also like

Comments are closed.