काठमाडौं । यतिबेला हरियो तरकारीको सिजन भएपनि काठमाडौंका उभोक्ताले तरकारीको मूल्यमा त्यति सोचेजस्तो राहात प्राप्त गर्न सकेका छन् । यद्पी पछिल्लो समयमा तरकारीको मूल्यमा केही कमि भने पक्कै आएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार उपत्यकामा तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । उक्त मूल्यका अुनसार आज कागतीको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, कागती १७५ रुपैयाँ, कुरीलो ३०० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ ८० पैसा, लोकल सानो गोलभेडा २८ रुपैयाँ ३३ पैसा, घिरौला ३० रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग ८६ रुपैयाँ ६७ पैसा, झिगुनी ३५ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, तामा र तोफु ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५५ रुपैयाँ, न्यूरो ९५ रुपैयाँ, परवर ५८ रुपैयाँ ३३ पैसा, सुकेकोप्याज ३७ रुपैयाँ ५० पैसा, तने बोडी ४५ रुपैयाँ, ब्रोकाउली २४० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, रायोको साग ६० रुपैयाँ, रुख कटहर ३५ रुपैयाँ, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन ११७ रुपैयाँ ३३ पैसा, लौका ५६ रुपैयाँ ६७ पैसा, सेलरी २७५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, ज्यापु काउली ११६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ १९० रुपैयाँ, हरियो धनिया ११२ रुपैयाँ र हरियो डल्लो फर्सी प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

त्यस्तै,रातो आलु ५५ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५१ रुपैयाँ, सेतो आलु ४९ रुपैयाँ ३३ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९० रुपैयाँ, लोकल काक्रो ६६ रुपैयाँ र हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा मूल्य कायम भइ विक्रि भइरहेको छ ।
यसैगरी फलफलमा, किवि ५७५ रुपैयाँ, हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, अदुवा ५६ रुपैयाँ ६७ पैसा, अनार ३९० रुपैयाँ, दसहरी र मालदह आँप १९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, हरियो तरबुजा ६० रुपैयाँ, तोकिएको छ भने छडी माछा २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको छ ।




Comments are closed.