सराङकोटमा लाँलीगुरास अभियान, नगरप्रमुख आचार्यद्वारा वृक्षारोपण शुभारम्भ

पोखरा । राष्ट्रिय फुलको रुपमा परिचित लालीगुरासको विकास तथा संरक्षणका लागी सराङकोटमा लालीगुरास वृक्षारोपण गरिएको छ ।

प्रमुख पर्यटकीय , धार्मिक स्थल सराङकोट टप ,शिव मन्दिर ,भ्यूटावर वरिपरि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले वृक्षारोपणको शुभारम्भ गरेका थिए ।

पोखरालाई पर्यटनको मुख्य आधारका लागी पोखराको खाली स्थलहरुमा सौन्दर्यकरण संगै पोखरा बजार वरपर लालुपाते र अग्ला डाडाँमा लालीगुरास लगाउन महानगरले सहयोग गर्ने आचार्यले बताए ।

footwear zone

पहिलो चरणमा ११ प्रजातीका लालीगुरास विरुवा लाई अझ ब्यापक बनाई नेपालमा पाइने ३२ प्रजातीका लालीगुरास खाली ठाउँ मा लगाइने योजना रहेको अभियान्ता ढाकाराम लामिछानेले बताए ।

कार्यक्रममा जिल्लावन कार्यलयका प्रमुख केदार बरालले सामुदायिक बन तथा खाली रहेको डाडाँहरु मा लालीगुरास रोप्न तथा संरक्षण गर्न सके सौन्दर्यकरण सगै राष्ट्रिय फुलको महत्व बढ्ने बताए

सराङकोट बहुउद्देश्यीय सहकारीसस्थाको सामाजिक उत्तरदायित्व वातावरण मैत्री कार्यक्रम अन्र्तगत सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको सयुत्त आयोजनामा गरीएको कार्यक्रममा वृक्षारोपण गरीएको बिरुवाको संरक्षण जिम्मेवारी सहकारीले लिने संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

सराङकोट धार्मिक पर्यटन क्षेत्र बिकाश समितिका अध्यक्ष प्रेम बहादुर जिसी को सभापतित्वमा भएको कार्यक्रममा पोखरा महानगरपालिका १८का वार्ड अध्यक्ष शिव प्रशाद तिमिल्सीना , संस्थाका सल्लाहकार कमलनयन गौतम ,सोभियत बहादुर अधिकारी , इन्द्र कमल मानन्धर ,संस्थाका सचिव कुलप्रसाद सुवेदी लगायतले आ आफ्नो धाराण राखेका थिए ।

पहिलो चरणमा ८० बिरुवा रोपिएको कार्यक्रम मा संस्थाले क्रमश अन्य स्थानहरुमा समेत लालीगुरास वृक्षारोपण , संरक्षण गरिने संस्थाका सह सचिव माया कुमारी शर्माले बताईन ।

You might also like

Comments are closed.