तीन महिनापछि मूल्यवृद्धि १४ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी तीन महिनापछि मूल्यवृद्धि १४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने जनाएको हो।

आगामी तीन महिना र एकवर्ष पछिको मध्ये अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागीहरूमध्ये ९४ दशमलव ७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन्।

राष्ट्र बैंकले गत असार २० देखि २७ गतेसम्म विभिन्न २८ शहरको व्यक्तिहरूको प्रतिक्रियाका आधारमा सर्वेक्षण तयार गरेको जनाएको छ।

footwear zone

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षणको नतिजाः

You might also like

Comments are closed.