मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा ‘एक स्थानीय संरचना एक कृषि परियोजना’ कार्यक्रम

तनहुँ । तनहुँको भानु नगरपालिकाको आयोजना तथा मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा ‘एक स्थानीय संरचना एक कृषि परियोजना’ सञ्चालन गरिएको छ ।

उक्त परियोजनाका विषयमा नगरपालिका र कम्पनीको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कम्पनी सचिव एवं नायव महाप्रवन्धक रामशरण तिमिल्सिनाले जानकारी दिए । कृषि कम्पनीले हरेक स्थानीय तहमा कृषि परियोजना कार्यहरु अगाडि बढाउने योजना ल्याएको छ ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी लि. बजार विस्तारमा आक्रामक बनेको छ । आफ्नो सेवालाई सबैको पहुँचमा पुर्याउन कम्पनीले देशभरबाट डिलर आह्वान गरेको छ । प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा डिलर विस्तार गर्ने योजनासहित कम्पनी अगाडि बढेको कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए । आगामी आर्थिक वर्ष कम्तीमा सय वटा डिलर पुर्याउने लक्ष्य रहेको उनले बताए ।

footwear zone

‘किसानले कृषि कर्म गर्दा आफूलाई आवश्यक पर्ने सम्पूर्ण कृषि सामग्री घरदैलोमै पाउनुपर्छ भन्ने मान्यता हाम्रो छ,’ उनले भने, ‘कम्पनीमार्फत एउटै छानामुनी सबै सेवा पाउँदा किसानहरु विभिन्न झन्झटबाट मुक्त हुनेछ्न्।’

कृषिसँग सम्बन्धित वस्तु तथा सेवाहरु बिक्री वितरण गर्नका लागि देशभरी डिलरको आवश्यकता रहेको कम्पनीले जनाएको छ । डिलर लिन इच्छुक व्यावसायिक फर्म, कम्पनी तथा सहकारी संस्थाहरुलाई आवेदन दिन आह्वान गरिएको छ । दर्ता सम्बन्धी प्रमाणपत्रहरु, पछिल्लो ३ आवको लेखा परीक्षण प्रतिवेदन, योग्यता र अनुभवसम्बन्धी कागजातहरु कम्पनीमा आवेदन दिन सकिनेछ ।

‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानअन्तर्गत व्यावसायिक कृषिका मूल्य र मान्यताभित्र रही समग्र कृषिको मूल्य श्रृंखला (Value Chain) मा व्यवस्थापकीय भूमिका मार्पmत नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने लक्ष्यसहित कम्पनी सञ्चालनमा छ ।

मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीसहित नेपालमा विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले आफ्नो उद्देश्यअनुसार हाल कृषकहरुलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु मल, बिउ, रोग किरा नियन्त्रक, औजार उपकरणसहित कृषि परामर्श सेवा, अनुसन्धान र विकास तथा प्रविधि प्रसारको साथै कृषि उत्पादनहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धि कार्यहरु गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.