काठमाडौं महानगरले बनाउने भयो यम बुद्धको नाममा १ करोड ५० लाखको पार्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले र्‍यापर यम बुद्धको पार्क निर्माण गर्ने भएको छ । महानगरले १ करोड ५० लाख खर्चेर उनको नाममा पार्क निर्माण गर्न लागेको हो ।

महानगरपालिका वडा नम्बर १६ नयाँ बजारमा रहेको जग्गामा पार्क बनाउने तयारी भएको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरको ७ रोपनी जग्गामा १ करोड ५० लाख बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

यसअघि यम बुद्धको सालिक बनाउने भन्दै महानगरले एक करोड बजेट विनियोजन गरेको थियो। उक्त निर्णयको सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणासमेत गरेका थिए। तर, फेरि महानगरकै खर्चमा बनाउने गरी बजेट विनियोजन गरिएको छ।

You might also like

Comments are closed.