काठमाडौं । दिवङ्गत पत्रकार एमडी कुलुङको परिवारले नेपाल पत्रकार महासंघ, काठमाडौं शाखालाई ३ लाख सहयोग गरेको छ ।
विभिन्न देशमा रहेका नेपालीबाट आर्थिक सहयोग संकलन गरी दिवङ्गत पत्रकार मुलुङको नामबाट महासंघलाई चेक हस्तान्तरण गरिएको पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिए ।
सो रकम अक्षय कोषमा राखी एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार नामकरण गरी वार्षिक तीन पत्रकार (एक फोटो पत्रकार र दुई खोजमूलक पत्रकारिता गर्ने पत्रकार)लाई हरेक वर्ष पुरस्कार वितरण गरिने उनले बताए ।

निश्चित मापदण्ड बनाएर निष्पक्षरुपमा पुरस्कार प्रदान गरिने अध्यक्ष सुवेदीले जानकारी दिए । दिवङ्गत पत्रकार कुलुङकी श्रीमती विष्णुकुमारी लिम्बू, पूर्वविद्यार्थी नेता थोमस बाँस्तोला र महासंघ काठमाडौं शाखाका पूर्वसचिव भुपराज खड्काको सक्रियतामा सो रकम संकलन गरिएको हो ।




Comments are closed.