‘आइकाओले प्रतिबन्ध फुकुवा गरिसक्यो, इयूले उडान सुरक्षा सूचिमा राखिरहनु हुँदैन’

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू)ले नेपाललाई उडान सुरक्षासम्बन्धी सूचिमा राख्न नहुने धारणा राखेका छन् ।

पर्यटनमन्त्री श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटको क्रममा उनले नेपाली उड्डयन क्षेत्रलाई अन्तरराष्ट्रिय उड्डयन संगठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा इयुले सुरक्षासम्बन्धि सूचीमा राख्न नहुने बताएका हुन् ।

आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा वायुसेवा कम्पनी सुरक्षित रहेको पुष्टी भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।

footwear zone

भेटमा उनिहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यसलाई अझ मझबुत बनाउनु पर्नेमा जोड दिए । उनले पर्वतारोहणमा पोल्याण्डका जनताको रुची रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको बताए ।

मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजनाअनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी गराए । पोल्याण्डमा उच्च अध्ययन र रोजगारीको सिलसिलामा नेपाली जाने गरेको तथा नेपालमा रहेका पोल्याण्डका जनताको भिसा र आवागमन प्रक्रियामा सरलीकरण गर्नेबारेमा पनि उनिहरुबीच छलफल भएको थियो ।

राजदूत बुराकोव्स्कीले सन १९९२ मा कन्चनजङ्गा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुवरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिए । रुटकिविज युरोपबाट सगरमाथा र केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन् ।

भेटवार्तामा उनिहरुबीच नेपालको पर्यटन प्रवद्र्धनका उपायबारे छलफल भएको थियो । भेटमा मन्त्रालयका निमित्त सचिव वुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्याण्डका महावाणिज्यदूत लोकमान्य गोल्छाको सहभागिता थियो ।

You might also like

Comments are closed.