काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ एशोसियट समन्वय समितिको संयोजकमा मुकेश पन्त र सह-संयोजकमा एनसी शेर्पा निर्वाचित भएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघ एशोसियट सदस्य समन्वय समितिको शुक्रबार बसेकाे ११औँ साधारण भेलाले महासंघको संयोजकमा पन्त र सह-संयोजकमा शेर्पालाई निर्विरोध निर्वाचित गरेको हो ।
संयोजकमा निर्वाचित पन्त यस अघि नेपाल निर्माण व्यवसायी महासंघको एसोसिएट उपाध्यक्ष भइसकेका छन् । निर्माण व्यवसायी पन्त बन्दन भगवती निर्माण सेवा प्रा.लि.का प्रवन्ध निर्देशक हुन् ।

महासंघको नवनिर्वाचित संयोजक र सह-संयोजकलाई बधाईका साथै सफल कार्यकालको शुभकामना दिएको छ ।





Comments are closed.