पोखरा । सामुदायिक विकास केन्द्र नेपालको १०औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । केन्द्रको साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल कांग्रेसका केन्द्रिय सदस्य गुरु बरालले विकास केन्द्र अन्य संघ संस्थाभन्दा पृथक रहेको बताएका छन् ।
संस्थाले समाजमा रहेका आवास बिहिनको लागि आवास निर्माण गरि सहयोग गरेकोमा संस्था प्रति खुशी ब्यक्त गरे । गास, बास र कपास नागरिकको नैसर्गिक अधिकार भएको बताउदै यसतर्फ राज्यले ध्यान दिन आग्रह गरे । आवास बिहीनहरुको लागि बिना धितो, बिना ब्याज आवास निर्माणमा सहयोग गर्ने संस्था टोल छिमेकमा बिरलै देख्न पाइने बताए ।
राज्यबाट गर्नुपर्ने काम गैरसहकारी संस्थामार्फत गरेकोमा संस्थालाई आफ्नो तर्फबाट पनि सहयोग गर्ने बचन दिए । आफु पनि दिन दुःखीका लागि सेवा गर्दै आएको स्मरण गर्दै, कर्तव्य निष्ट भई संस्था सगँसगै हातमा हात मिलाई अगाडि बढन आफु तयार रहेको बताए । राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता आशबहादुर गुरुङले नेपाल सरकारले गर्नुपर्ने काम संस्थाले गरेकोमा संस्थाको प्रशंसा गर्दै सरकारको तर्फबाट वास्तविक भूमिहिन सुकुम्बासीहरुको लागत राख्ने काम भइरहेको जानकारी दिए ।

गुरुङले विकास केन्द्रसगँ हातेमालो गर्दै अगाडि बढ्न आफ् तयार रहेको बताए । नेपाली कांग्रेस कास्की महिला नेत्री सरस्वति गुरुङले वास्तबिक आवास बिहिनहरुको लागि आवास बनाउने काममा संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिँदै समाजमा रहेका आवास बिहीनहरुको पहिचान गरि निस्वार्थरुपमा लाग्न आयोजकलाई आग्रह गरिन ।
अध्यक्ष शिराज अधिकारीले समाजका निम्न भएका आवास बिहीन परिवारलाई घर मर्मत तथा निर्माणमा सहयोग गर्दै आएको र बिना धितो, बिना ब्याज संस्थामार्फत आफ्नो सम्पत्ति बैंकमा धितो राखि निस्वार्थ आवास बिहीनको लागि घर बनाएको सुनाए । आफुले राज्यबाट पाउनु पर्ने सहयोग नपाएकोमा गुनासो गरे ।
संस्थामा आवद्ध आवास बिहीनहरुलाई स्वास्थ सेवामा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्थ बीमा गरिएको सचिव गायत्री फुयाँलले जानकारी दिइन् । केन्द्रलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
शिवराज आधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संगिता पौडेल, सचिब गायत्री फुयाँल, पोखरा महानगरपालिका वडा नं. १५ वडा सदस्य सेती माया गुरुङ, सल्लाहकार रामचन्द्र ढुंगाना, सदस्य गोर्कण तिवारी, कमला थापा, प्रेमप्रसाद बराललगायतकाले संस्थाले समाजमा पुर्याएको सहयोगको बारेमा चर्चा गरेका थिए ।





Comments are closed.