अमेरिकी दूतावासद्वारा व्यवसाय तथा लगानी सहजीकरणका लागि कार्यशाला गोष्ठी

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकन चेम्बर अफ कमर्स (अमचेम नेपाल) नेपालसँगको सहकार्यमा व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकासको प्रवर्द्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीमा नेपालको व्यावसायिक वातावरण र लगानीसम्बन्धी नीतिगत पहलहरूमा छलफल गरिएको छ। गोष्ठीमा बोल्दै कार्यवाहक राजदूत म्यानी पी. मिक्कलरले अन्य देशहरू जस्तै नेपालको आर्थिक विकासमा पनि परिवर्तनको प्रमुख सम्वाहक निजी क्षेत्र नै भएको बताए ।

‘अन्य धेरै देशहरू जस्तै नेपालको आर्थिक विकासमा पनि परिवर्तनको प्रमुख सम्वाहक निजी क्षेत्र हो। जसले रोजगारी सृजना गर्छ र राष्ट्रिय आयमा सर्वाधिक योगदान पुर्‍याउँछ,’ उनले भने, ‘त्यसबाहेक जिम्मेवारी र समावेसिता जस्ता मुल्यहरू प्रदर्शन गर्दै र नेपालका सबै समुदायको उत्थान गर्ने सकारात्मक प्रभाव पार्दै निजी क्षेत्रले उदाहरण प्रस्तुत गरी नेतृत्व गर्दछ ।’

footwear zone

त्यस्तै, अमचेम नेपालका अध्यक्ष अजित शाहले एफएनसीसीआई, सिआएन र एनयुएसएसीसीआईका नेतृत्वसँग मिलेर अमचेम नेपालको आवश्यकता र नेपालमा हाल सञ्चालनमा रहेका अमेरिकी व्यवसायहरूका लागि नीतिगत चुनौतिहरू न्यूनीकरणमा कसरी काम गरिरहेको छ भन्ने बारेमा जानकारी गराए ।

कार्यक्रमले काठमाडौंस्थित अमेरिकी दूतावासलाई नेपालमा अमेरिकाको बढ्दो व्यावसायिक लगानी र संलग्नताप्रति समर्थन प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको थियो । कार्यक्रममा दूतावासका कार्यवाहक राजदूत म्यानि पी. मिक्कलर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमले नेपालमा नयाँ र द्रुत गतिमा विकास हुँदै गरेको र अमेरिका-नेपालबिचको व्यापार तथा लगानी सम्बन्धलाई टेवा पुर्‍याउन प्रयासरत नेपालस्थित अमेरिकी वाणिज्य संघबारे पनि छलफल भएको थियो। कार्यक्रममा उद्यमी, कार्यकारी पदाधिकारी, व्यावसायिक संघका प्रतिनिधि, विकास संस्था, प्रबुद्ध समुह तथा सरकारी अधिकारीलगायतका नेपालको दिगो आर्थिक विकास प्रवर्द्धनका सरोकारवालाहरूको उपस्थिति रहेको अमेरिकन अमचेम नेपालका अध्यक्ष अजित शाहले बताए ।

You might also like

Comments are closed.