तनहुँका पालिकामा पोषण प्याकेज

तनहुँ । तनहुँका १० पालिकामा रहेका लक्षित वर्गका व्यक्तिलाई प्रदान गर्नका लागि सम्बन्धित पालिकामा पोषण तथा सरसफाइ प्याकेजका सामग्री पठाइएको छ ।

स्वास्थ्य कार्यालय तनहुँले जिल्लामा रहेका एक हजार चार सय १३ जनालाई पोषण तथा सरसफाइ प्याकेज वितरण गर्न सम्बन्धित पालिकालाई हस्तान्तरण गरेको हो । जिल्लामा ‘क’ वर्गका अपाङ्गगता ८१७ र दलित तथा अपाङ्गगता भएका गर्भवती र सुत्केरी ५९६ जनालाई उक्त प्याकेज वितरणका लागि सबै पालिकामा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।

गण्डकी प्रदेश सरकारको आव २०७८/०७९ मा सञ्चालन हुने अस्पताल सुदृढीकरण तथा पोषण अनुदान कार्यक्रमअन्तर्गत जिल्लामा आएको सामग्री पालिकाहरुमा पठाइएको उनले बताए । स्थानीय तहमा रहेका दलित, अपाङ्गगता भएका, गर्भवती तथा सुत्केरी महिला र ‘क’ वर्गका पूर्ण अपाङ्गगता भएका व्यक्तिका लागि प्रदान गर्न आएको सामान पालिकामा पठाइसकिएको उनले बताए।

footwear zone

स्थानीय तहबाट सिफारिस भइआएका विवरणका आधारमा स्वास्थ्य कार्यालय तनहुँले प्रदेश सरकारसमक्ष माग गरेपछि आएको सामान सम्बन्धित पालिकामा पठाइएको उनले बताए।

उक्त कार्यक्रमअन्तर्गत दलित तथा अपाङ्गगता भएका गर्भवती र तथा सुत्केरी महिलाहरुका लागि हातधुने साबुन, दाँत माझ्ने ब्रस, टुथपेष्ट, मिश्रित गेडागुडी पौने तीन किलोग्राम र घीउ आधा किलोका दरले वितरण गरिनेछ । त्यसैगरी, ‘क’ वर्गका पूर्ण अपाङ्गता भएका व्यक्तिका लागि हात धुने साबुन, दाँत माझ्ने ब्रस, टुथपेष्ट, मिश्रित गेडागुडी करिब एक किलोग्राम र हात पुछ्ने रुमाल एक थान प्रदान गरिनेछ ।

You might also like

Comments are closed.