बुटवल । बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरुआत भएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आज बुटवलको वडा नं १७ बाट नापजाँचको उद्घाटन गर्दै भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि कामको सुरुआत गरिएको बताए
प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिइने उनको भनाइ छ । उनले जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न पनि आग्रह गरे।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम सुरु गर्न सम्भव भएको बताए ।




Comments are closed.