१० भदौदेखि पुरानो टुडिखेलमा हुने तीज मेलामा अन्नपूर्ण केबलकार उपप्रायोजक

पोखरा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७९ को अवसर पारि पोखरा महानगरपालिका–१ स्थित पुरानो टुडिखेलमा हने तीज मेलाको लागि अन्नपूर्ण केबलकार उपप्रायोजक भएको छ ।

इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रा.लि.को व्यवस्थापनमा हुने मेला आउदो १० देखि १६ भदौसम्म संचालन हुने भएको छ । पोखरा १८ सेदीस्थित केबलकारको कार्यालयमा आयोजित एक कार्यक्रममा आयोजक केन्द्रका तर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र तीज मेलाका आर्थिक संकलन उपसमितिका संयोजक बालकृष्ण कोईराला केबलकारका तर्फबाट संचालक एवं निर्देशक तीर्थराज त्रिपाठीले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर पछि निर्देशक त्रिपाठीले केबलकारले आफनो सेवा सुरु गरेसँगै विभिन्न सामाजिक कामहरु संगै संघ संस्थालाई सहयोग गदै आएको बताए । आफुहरुले सकेको सहयोग अन्य काममा समेत गदै जाने त्रिपाठीले बताए । कुनै काम सफल हुनमा एकले अर्कालाई सहयोग गर्नुपर्ने भन्दै नेपाली महिलाहरुको महान पर्व तीजका अवसरका आयोजना हुने मेलामा जोडिन पाउदा खुशी लागेको बताए ।

footwear zone

केन्द्रका अध्यक्ष अधिकारीले आफुहरु आयोजक मात्र भएको भन्दै केबलकार जस्तै दाताहरुको साथ र सहयोगले मेला सम्पन्न हुने बताएमा छन् । नेपाली कला संस्कृतीको संरक्षणसँगै पोखरा १ स्थित गाईघाट क्षेत्रमा केन्द्रले निर्माण गर्दै गरेको क्रियापुत्री भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यसमेत मेलाको रहेको छ ।

पवेश निःशुल्क रहेको मेलामा मौलिक तीज गीत प्रतियोगिता, तीज गृहणी नृत्य प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरिय छेलोलगायतका प्रतियोगीताहरु हुने छ । मेलामा दैनिक उपभोग्य सामान, कृषि हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपडा, रेष्टुरेन्टलगायतका विभिन्न स्टलहरुसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीसँगै वाल उद्यानसमेत रहनेछ ।

नेपाली मौलिक कला र संस्कृतीलाई जगेर्ना गर्दै करिब दुई दशकदेखि तीज गी प्रतियोगिता गर्दै आएको केन्द्रले तीन वर्षअघि ०७६ सालमा पहिलोपटक तीज मेला आयोजना गरेको थियो । केरोनाका कारण गत वर्ष हुन नसकेकोको मेलालाई यसवर्षदेखि निरन्तरता दिन लागेको अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

You might also like

Comments are closed.