सामाजिक सुरक्षा भत्ता बुझ्न यातायात सुविधा

काठमाडौं । जुम्लाको हिमा गाउँपालिका-१ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सेवाग्राहीलाई यातायात सुविधा दिन थालेको छ ।

सो वडाबाट सामाजिक सुरक्षा भत्ता लिन बैंकमा आउन करिब एक दिन लाग्ने र हिँडेर कठिन हुने भएकाले वडा कार्यालयले सबैलाई बैंकमा जान यातायात सुविधासहित सामाजिक सुरक्षाभत्ता बुझ्न तथा घर आउन सहजका लागि यतायाता सेवा उपलब्ध गराउन थालेको वडाध्यक्ष रतनबहादुर शाहीले जानकारी दिए ।

वडाका चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरी सेवा प्रदान गरिएको छ ।वडाध्यक्ष शाहीले भने , “बालबालिका दुई सय ६१, ज्येष्ठ नागरिक एक सय ७३, एकल महिला १८ र अपाङ्गता भएका चार जनालाई गाडी रिजर्भ गरेर सेवा प्रदान गरिएको छ ।” त्रैमासिक रुपमा बैंकले तोकेको दिनमा अब वडापालिकाले सामाजिक सुरक्षाभत्ता पाउने नागरिकलाई यातायात सेवा निरन्तर दिने वडा कार्यालयले जनाएको छ ।

footwear zone

गाउँपालिका र बैंक टाढा भएकाले वडा कार्यालयले बस चढाएर बैंक पुर्‍याएपछि ज्येष्ठ नागरिक सहितका सेवाग्राही खुसी भएका छन् ।

You might also like

Comments are closed.