सप्तरीमा स्थानीय र प्रहरीबीच झडप, तीन जना घाइते

सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र प्रहरीबीच आज झडप भएको छ। स्थानीय घुरन साहको घरमा अवैधरुपमा कपडा लुकाइछिपाइ राखेको समान बरामद गर्ने क्रममा झडप भएको प्रहरीको भनाइ छ ।

तस्करी गरेर ल्याइएको समान घरमा राखेको अवस्थामा खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा झडप भएको बुझिएको छ। सो झडपमा परेर प्रहरी र केही स्थानीयवासी घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेका छन् । स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुडा गर्दा तीन प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.