सुर्खेतमा मिटर ब्याजीविरुद्ध ११ उजुरी

सुर्खेत । सुर्खेतमा हालसम्म मिटर ब्याजीविरुद्व ११ वटा उजुरी परेका छन् । गृह मन्त्रालयको परिपत्रअनुरूप यही भदौ ५ गतेसम्म ११ वटा उजुरी परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले बताएका छन् ।

सरकारले मिटर ब्याजी विरुद्ध उजुरी दिन आह्वान गरेसँगै ११ उजुरी ३५ जना विरुद्ध दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मिटर ब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटर ब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाहीअघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ ।

मिटर ब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै गत साउन २८ गते उजुरी आह्वान गरिएको थियो । “वीरेन्द्रनगर नगरपालिकाबाट मात्रै ११ उजुरी परेका छन् ।

footwear zone

उजुरीमध्ये सबैभन्दा बढी रु ६० लाख लिएर त्यसको तीन गुणा तिर्नुपर्ने रहेको छ”, सूचना अधिकारी लामिछानेले भने, “गृह मन्त्रालय कार्यदलको आदेशबमोजिम ११ उजुरीका ३५ विरुद्ध प्रमाणसहित हामीले छानबिन अघि बढाउनेछौँ ।”

You might also like

Comments are closed.