वाग्मती प्रदेशका स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता

काठमाडौं । वाग्मती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आगामी असोजमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक हासिल गर्ने आफनो प्रदेशका खेलाडीलाई मासिक रु छ हजार प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ ।

वाग्मती प्रदेश खेलकुद परिषदद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले नवौँ राष्ट्रिय खेलकुदमा समावेश हुने नौ वटा खेलमा मात्र स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता दिने बताए ।

उनका अनुसार फुटबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, भलिबल, ब्याडमिन्टन र पौडी खेलमा स्वर्ण जित्ने खेलाडीले मात्रै त्यो सुविधा पाउनेछन् ।

footwear zone

राष्ट्रिय खेलकुदका सबै ३६ वटै खेलमा बागमती प्रदेश सहभागी हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका लागि सबै खेलाडीलाई ४५ दिने बन्द प्रशिक्षणमा राख्ने योजना रहेको आयोजकको भनाइ छ । वाग्मती प्रदेशले खेलाडी छनोट प्रतियोगिताको लागि रु पाँच करोड रकम विनियोजन भएको र त्यसमा रु ४९ लाख निकासा भइसकेको जनाएको छ ।

उक्त प्रतियोगितामा बागमती प्रदेशबाट फुल कोटामा सात सय नौ जना खेलाडी सहभागी छन् । गण्डकी प्रदेशमा अयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २९ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।

You might also like

Comments are closed.