काठमाडौं । दसैं सहुलियत पसलमा खाद्य वस्तुमा ५ रुपैयाँ छुट प्रस्ताव गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बैठकले खाद्यान्नमा उपभोक्तालाई यस वर्ष प्रतिकिलो ५ रुपैयाँ छुट दिने प्रस्ताव मन्त्रालयमा पठाइएको हो।
दाल, चामल, गेडागुडी, कम्पनीले खरिद गर्ने खसी, बोका र च्यांग्रामा छुट दिन प्रस्ताव गरिएको हो । सहुलियत पसल सञ्चालन मिति, उपभोक्तालाई दिइने छुट र खसी तथा च्यांग्राको प्रबन्धबारे मन्त्रालयलाई पत्राचार गरिएको छ । गत वर्ष खसी र च्याङ्ग्रा खरिद गर्दा प्रतिकिलो १० र नुन प्रतिकिलोमा दुई रुपैयाँ छुट दिइएको थियो ।
त्यस्तै चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको थियो भने तोरी र सनफ्लावरको तेलमा प्रतिलिटरमा ५ रुपैयाँ र भटमासको तेलमा लिटरमा १० रुपैयाँ छुट दिइएको थियो ।






Comments are closed.