काठमाडौं । लेखक एवम् पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’को लोकार्पण गरिएको छ ।बुक हिलले बजारमा ल्याएको पुस्तक प्रज्ञा प्रतिष्ठानमामा बुधबार एक कार्यक्रम आयोजना गरी विमोचन गरिएको थियो ।
विमोचन कार्यक्रममा विमोच्ननेपालका प्रथम गभर्नर हिमालय शम्शेर राणा, कथाकार भुवन ढुङ्गाना, स्वयम् लेखक बस्नेत र लेखक बस्नेतका मातापिताले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका थिए ।
‘समय साक्षी’को प्रकाशक संस्था बुक हिलद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि मुलुकका प्रथम गभर्नर राणाले व्यवहारपरक एवम् सरल लेखनीको प्रशंसा गर्दै उनले पुस्तकमा समेटिएका हरेक सामग्री तीन∕चार पृष्ठका छोटा अध्यायको रुपमा रहेकाले पुस्तक पढ्न रुचिकर रहेको अनुभव राणाले बताए ।

पुस्तकका विषयमा समीक्षा गर्दै कथाकार ढुङ्गानाले विदेश गएका बेलाको यात्रा संस्मरणमा आधारित पुस्तक हुनाले अत्यन्त रुचि लाग्ने खालका सामग्रीयुक्त भएको बताइन। लेखक बस्नेतले यात्रा धेरैले गर्ने गरे पनि अभिलेख नराख्ने गरेको औंल्याउँदै आफूले यात्राका बेला भेटिएका विषयवस्तुलाई समेटेर पुस्तक लेखेको जानकारी गराइन ।
यसमा आफ्ना कथा र यात्राका कहानी समेटिएको उनको भनाइ छ । ‘समय साक्षी’मा लेखकले हालसम्म यात्रा गएका विश्वका चौबिस मुलुकका देखाइ, भोगाइ तथा अनुभूतिहरु चौरान्नब्बे वटा अध्यायमा समेटिएका छन् भने हरेक अध्याय रोचक, सुरुचिपूर्ण एवम् ज्ञानवर्द्धक रहेका छन् । यसअघि प्रकाशित कथा-संग्रह ‘सम्बन्धहीन सम्बन्धहरु’ लेखक बस्नेतको चर्चित साहित्य-कृति हो ।





Comments are closed.