भेट्टाएको तीन लाख फिर्ता

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-९ का सरोज श्रेष्ठले भेट्टाएको  तीन लाख सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन् ।

विदुर-९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतबार भेट्टाएको रु तीन लाख सात सय ५० सहितको कागजात नुवाकोट प्रहरीमार्फत सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् ।

झोलामा रहेको नगदसहित रसुवा घर भएका फुर्सुङ तामाङको नाममा रहेको लु ३ च ५९१३ नं को गाडीको बिलबुक र अन्य कागजात श्रेष्ठले जिल्ला प्रहरी कार्यालय बझाएका थिए ।

footwear zone

श्रेष्ठले जिल्ला प्रहरीमा बुझाएसगैँ सम्बन्धित धनी खोजी गरेर हस्तान्तरण गरेको जल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डितले जानकारी दिए ।

You might also like

Comments are closed.