काठमाडौं । स्वीडिस कस्मेटिक्स ब्राण्ड ओरीफ्लेमको नेपालस्थित आधिकारिक बिक्रेता एजी इन्टरनेशनल प्रा.लिको आयोजनामा काठमाडौंमा सेमिनार सम्पन्न भएको छ । सेमिनारमा व्यूटिसियनहरुलाई सम्मानित गरिएको छ।
सम्मान कार्यक्रममा एड्भान्स ग्रुपका अध्यक्ष अरुण कर्णले व्यूटिसियन कमला श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। ओरीफ्लेम अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त प्राकृतिक सौन्दर्य प्रशाधन हो।

उक्त कार्यक्रममा हालै ताज पहिरिएकी ओरीफ्लेम मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल लगायत रनर अपहरुलाइ सम्मान गरिएको थियो ।
यस्ता कार्यक्रमहरुले नेपालको सौन्दर्य व्यबसायमा उत्साह थप्ने व्यूटिसियन श्रेष्ठले बताइन्।





Comments are closed.