कृषि ज्ञानकेन्द्र दाङको सात करोड बढी बजेट

देउखुरी । कृषि ज्ञानकेन्द्रले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ ।

बजेटको आकार ५० प्रतिशतले घटेको उक्त कार्यालयले जनाएको छ । केन्द्रका प्रमुख घनश्याम चौधरीका अनुसार चालू आर्थिक वर्षका लागि रु सात करोड तीन लाख २६ हजार विनियोजन भएकामा पुँजीगततर्फ रु ६५ लाख पाँच हजार रहेको छ भने चालूतर्फ रु सात करोड एक लाख २१ हजार मात्रै विनियोजन भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा बजेटको आकार दोब्बर बढी थियो । गत आर्थिक वर्षमा ज्ञान केन्द्रमा रु १४ करोड ९३ लाख ४० हजार रहेको उनले बताए । कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमका लागि रु दुई करोड १९ लाख २८ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु तीन करोड ५८ हजार, कृषि तथा पशुपक्षी स्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रम चालूतर्फ रु ४९ लाख ३९ हजार, कृषि तथा पशुपक्षीजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकास कार्यक्रम चालूतर्फ रु ७९ लाख ५६ हजार, स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि रु ३१ लाख ९० हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संघ शसर्त अनुदानतर्फ रु ३७ लाख ५० हजार गरी कूल सात हजार ८३ लाख २६ हजार विनियोजन भएको जानकारी दिए ।

footwear zone

अनुदानको कार्यक्रममा जिल्लामा विनियोजित कूल बजेटको ७० दशमलव ६० प्रतिशत खर्च भएकामा अनुदान कार्यक्रममा सम्झौता भएको बजेटमा ७८ प्रतिशत र अनुदान कार्यक्रममा खर्च भएको बजेटअनुसार ४९ दशमलव १४ प्रतिशत रहेको छ । अनुदानग्राहीले ज्ञानकेन्द्रमार्फत लिएको सेवाबाट बजार पूर्वाधार तीन वटा तथा सिँचाइ पूर्वाधार २२ वटा तयार भएको छ ।

उनले लक्षित कार्यक्रमअनुसार बजेट पूर्ण कार्यान्वयनमा समस्या परेको बताए । स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत सञ्चालित कस्टम हाइरङ सेन्टरलाई दीगोपना राख्न सहकारी वा स्थानीय तह कसलाई हस्तान्तरण गर्ने हो र समन्वय समितिलाई निरन्तरत कार्यान्वयन गराउन समस्या देखिएको, मिसन कार्यक्रमको क्रमागतमा अनुदान बजेट कम हुनेहुँदा कार्यक्रम सञ्चालनमा उत्साहित नदेखिएको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय एकाइ प्रमुख महेश रेग्मीले किसानका लागि आएका कार्यक्रममा किसानको आकर्षण कम भएको बताए ।  तुलसीपुर उपमहानगरपालिका कृषि शाखा वागबानी अधिकृत धनराज गौतमले हावापानी र माटोको परिक्षण गरेर बालीको पकेट क्षेत्र कायम गर्नुपर्नेमा जोड दिए ।

कृषिका कार्यक्रमले कृषि क्षेत्रमा देखा परेका चुनौतीसँगै अवसरका बारेमा किसानलाई बुझाउन आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा दाङका १० वटै पालिकाका कृषि कार्यालयका प्रमुख र व्यावसायिक किसानको सहभागिता थियो ।

You might also like

Comments are closed.