नरैनापुरको बाढी प्रभावित क्षेत्र प्रजिअ खत्रीद्वारा अनुगमन

भत्किन लागेको बाँधको तटबन्ध तत्काल सुरु गर्नेे प्रतिबद्धता

बाँके । अविरल वर्षाद्का कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थाले पछि स्थानीयहरु त्रासित बनेका छन् ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी सूर्य बहादुर खत्री, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल सहितको टोली भत्किन थालेको बाधको स्थलगत अनुगमन गरी तत्काल बाधको तटबन्ध गर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकोले गृह मन्त्रालय मार्फत बाढी प्रभावितहरुको समस्या समाधानका लागि पहल गर्ने बताए ।

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले राप्ती सोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै बाढी प्रभावितहरुलाई तत्काल राहात दिन अनुगमन टोलीलाई आग्रह गरेका छन् । अध्यक्ष शाहले सिक्टाले बनाएको बाध पूर्ण रुप फुटेको खण्डमा ठूलो मानवी क्षति हुन सक्ने भएकोले उक्त बाध मर्मतका प्राविधिहरु तत्काल खटाउन सुझाव दिएका थिए ।

footwear zone

स्थलगत अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी खत्रीलाई राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुले बाध भत्किए हजारौ मानिसको ज्यान जान सक्ने भएकोले तत्काल उचित प्रबन्ध मिलाउन आग्रह गरेका थिए । निरन्तर रुपमा परीराखेको पानीका कारण नरैनापुरमा तिन हजार घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरुपमा पीडित हुन पुगेको अनुगमन टोलीलाई प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी गराएका थिए ।

बाढी तथा डुबानबाट नरैनापुरमा मात्र दुई सय घरधुरीमा पूर्ण क्षति हुन पुगेको प्रमुख प्रशासकिय अधिकृत खरालले बताए । पानी नपरेपछि गत साउनमा नरैनापुरलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि सरकारले कुनै प्रकारको राहत दिन नसकि रहेको अवस्थामा फेरी बाढी र डुबानको समस्याले स्थानीयहरुलाई झन पिडा दिएको बताउदै गाँउपालिका अध्यक्ष शाहले संघीय सरकारलाई गम्भीर बन्न आग्रह गरेका थिए ।

नरैनापुरका जनताहरु संग कुरा गर्दै अध्यक्ष शाहले भने, ‘स्थानीय सरकारको मापदण्डमा भए बमोजिम  राहत प्रदान गरिनेछ ।’ राप्ती नदीको पानीका कारण नरैनापुर गाँउपालिका उपाध्यक्षको घर पनि डुबानमा परेको बताउदै प्रमुख जिल्ला अधिकारी खत्रीको निर्देशनमा बस्तीलाई सुरक्षित राख्न छिट्टै आवश्यक तटबन्ध र अन्य संरचना निर्माणको निर्माण सुरु हुने बताए ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गर्न पुगेको टोलीले नरैनापुरको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको जिन्सी शाखा प्रमुख भरत महतोले बताए ।

 

You might also like

Comments are closed.