आयातमा लगाएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले मोबाइलसहित चार प्रकारका वस्तुमा लगाएको प्रतिबन्ध मंसिर मसान्तसम्मका लागि लम्ब्याएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

देशमा विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै सरकारले विलासी वस्तुहरूको आयातमा रोक लगाउँदै आएको छ ।यसअन्तर्गत ३०० अमेरिकी डलरमाथिका मोबाइलको आयातमा पनि रोकिएको छ ।

footwear zone

विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत रूपमा सुधार नभएकाले आयात प्रतिबन्ध कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरेको थियो।सरकारले यी वस्तुमा बैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदै आएको छ।

You might also like

Comments are closed.