तीन महिनामा १५.९१ प्रतिशत बजेट खर्च

लक्ष्यको १४.८७ प्रतिशत राजस्व संकलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको तीन महिनामा १५ दशमलव ९१ प्रतिशत बजेट खर्च गरेको छ। चालु आर्थिक वर्षको साउन, भदौ र असोज तीन महिनामा दुई खर्ब ७८ अर्ब १६ करोड बजेट खर्च गरेको हो।

त्यस्तै ११ खर्ब ८३ अर्ब रुपैयाँको चालु बजेटमध्ये तीन महिनामा दुई खर्ब २३ अर्ब रुपैयाँ खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब रुपैयाँ विनियोजन भएकोमा तीन महिनामा ३४ अर्ब ७३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ ।

दुई खर्ब ३२ अर्ब रुपैयाँ आम्दानी र दुई खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको छ । तीन महिनामा जम्मा पाँच प्रतिशत विकास खर्च भएको छ। चालु आर्थिक वर्ष २०७९/८० का लागि सरकारले तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पुँजीगत बजेट अर्थात् विकास बजेट विनियोजन गरेकोमा साउन, भदौ र असोजमा जम्मा १९ अर्ब ६८ करोड ११ लाख रुपैयाँमात्रै खर्च गरेको छ ।

footwear zone

यस्तै सरकारले यो वर्ष १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य राखेकोमा तीन महिनामा दुई खर्ब आठ अर्ब ५८ करोड रुपैयाँ उठाएको छ । यो कुल लक्ष्यको १४ दशमलव ८७ प्रतिशत हो ।

You might also like

Comments are closed.