किसानद्वारा आन्दोलन फिर्ता

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सरकारीस्तरबाट रासायनिक मलसम्बन्धी समस्या समाधान गर्ने जनाएपछि काभ्रेपलाञ्चोकको पाँचखालका किसानले भोलिदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरुपमा मल आपूर्ति गर्न पाँचखालका किसानले जिल्ला प्रशासनसँग माग गर्दै आएका थिए।

उनीहरुले मल आपूर्तिका लागि संघर्ष समिति नै गठन गरी गतसाता पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए।

footwear zone

सरकारीस्तरबाट मलको समस्या समाधान गर्ने आश्वासन पाएपछि आज भोलिदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम हाललाई फिर्ता लिने निर्णय गरेको संघर्ष समितिका संयोजक ज्ञानबहादुर थापाले बताए ।

You might also like

Comments are closed.