कार्यस्थललाई स्वर्ग बनाऊँ : अध्यक्ष कोइराला

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा आइतबार पोखरामा ‘कामको संसारमा हुने हिंसा र दुर्व्यवहार’बारे अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रियामा गण्डकी क्षेत्रमा रोजगारदाता उद्योग/प्रतिष्ठानहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ विज्ञ हंसराम पाण्डेले नेपालको संविधानले नै हिंसा र दुर्व्यवहारलाई बर्जित गरेको दृष्टान्त पेश गर्दै त्यस्ता कार्यहरु दण्डनिय हुने बताए ।

कार्यक्षेत्रमा यो वा त्यो बहानामा दुर्व्यवहार गर्न नपाइने र गरेमा दण्डको भागिदार बन्नुपर्ने भन्दै उनले सचेत रहन सहभागीहरुलाई आग्रह पनि गरे । ‘काम गर्ने प्रतिकूल वातावरण सिर्जना गर्ने वा यौन हिंसा गर्ने प्रवृत्तिलाई कानुनले दण्डनीय मानेको छ’, उनले भने, ‘कार्यक्षेत्रमा मजदुरमाथि यस्ता व्यवहार गर्नेहरुलाई सामाजिक बहिष्करणमात्रै गरिँदैन, सो उद्योग वा प्रतिष्ठान नै डुब्ने अवस्था सिर्जना हुन्छ ।’

footwear zone

कार्यक्रम तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले कार्यक्षेत्रमा हिंसा न्यूनीकरण हैन कि बर्जित नै रहेकोमा जोड दिँदै प्रतिष्ठानका मुख्य व्यक्तिहरु यस मामिलामा बढी सचेत हुनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष मोती पौडेलका अनुसार सोही क्रममा आयोजित मजदुरहरुको सामाजिक सुरक्षबारेको कार्यशाला गोष्ठीमा विद्यमान सामाजिक सुरक्षासम्बन्धी व्यवस्था तथा आउँदा दिनमा गर्नुपर्ने कामहरुबारे चर्चा गरिएको थियो । पछिल्लो समय कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा सो गोष्ठी आयोजना गरिएको उनले बताए ।

You might also like

Comments are closed.