पोखराका महिलाहरुलाई एकहप्ते सीपमूलक तालिम

पोखरा । पोखरा उद्योग वाणिज्य संघ तथा नेवाः मिस पूचः नयाँ सडकको आयोजनामा महिलाहरुको लागि एक हप्ते सीपमूलक तालिम दिइएको छ ।

आइतबार सम्पन्न तालिममा न्यूरोड नेवाः मिसा पूचः मा आवद्ध ३२ जना महिलाहरुको सहभागिता रहेको थियो । एकहप्ते सो तालिममा महिलाहरुलाई मखमल चप्पल र थैली बनाउने तालिम दिइएको थियो ।

तालिममा सहभागीहरुलाई प्रमुख अतिथि तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले प्रमाणपत्र वितरण गर्दै महिला उद्यमशीलताको विकासबाट राष्ट्रिय अर्थतन्त्र सवल हुने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै महिला उद्यमशीलता विकासमा विशेष जोड दिँदै आएको बताउँदै उनले महिलाहरुलाई अग्रपंक्तिमै आएर व्यवसाय गर्न आग्रह गरे ।

footwear zone

त्यस्तै, पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य बन्दना कार्की केसीले हामी केही गर्न सक्छौँ भन्ने आत्मविश्वास जोगाउन तालिम र गोष्ठीहरु सहायक हुने धारणा राखिन् ।

नेवा : मिसा पूचः न्यूरोड तथा कार्यक्रमकी अध्यक्ष विमला श्रेष्ठले अहिले आधारभूत तहको तालिम दिइएको र आउँदा दिनमा अझ विशिष्ट प्रकारको तालिमको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर १६ देखि २६ गतेसम्म आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलामा सक्रिय सहभागिता जनाउने उनको प्रतिवद्धता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट जुना श्रेष्ठ, प्रशिक्षकको तर्फबाट जमर कँडेल, नेवाःपूचःन्यूरोडका अध्यक्ष श्यामलाल श्रेष्ठ, नेवाःमिसा पूचः कास्की अध्यक्ष मेनुका श्रेष्ठ, नेवाः मिसा दुबुका केन्द्रीय सदस्य शान्ति उदासलगायतले मन्तव्य व्यक्त गरेका कार्यक्रम संचालक तथा सचिव प्रिति प्रधान श्रेष्ठले जानकारी दिइन् ।

You might also like

Comments are closed.