कास्की आदर्श समाज स्पेनद्वारा अक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण

कास्की । कास्कीको श्री बराह माध्यमिक विद्यालयमा कास्की आदर्श समाज स्पेनले अक्षयकोष स्थापना गरेको छ भने विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

सन् २०१५ सालमा स्पेनमा रहेका कस्केलीहरुद्वारा स्थापना भएको यस संस्थाले स्पेन तथा नेपालमा बसोबास गर्ने नेपालीहरुलाई आर्थिक तथा जिन्सी सामग्री सहयोग गर्दै आइरहेको छ। यस संस्थाले बाढी पहिरो, भूकम्पलगायत विपतमा परेका व्यक्ति, अनाथ, वृद्ध गरिब तथा जेहेनदार, शारीरीकरुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि पनि सहयोगहरु गर्दै आएको संस्थाका महासचिव मोहनराज गौतमले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक मिनराज अधिकारीको सभापतित्वमा सम्पन्न शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा माछापुच्छे-६ धितालका वडाध्यक्ष टेकनाथ गौतम प्रमुख आतिथि रहेका थिए ।

footwear zone

कार्यक्रममा कास्की आदर्श समाज स्पेनका महासचिव मोहनराज गौतम, सल्लाहकार एकराज भण्डारी, पूर्व सचिव गणेशराज अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गाप्रसाद अधिकारी, शिक्षक अभिभावक संघका सदस्यहरू नविन अधिकारी, देविप्रसाद अधिकारी, हेमबहादुर राना, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थित रहेको थियो ।

कास्की आदर्श समाज स्पेनले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने उद्देश्यले विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरेको छ । साथै कास्की आदर्श समाज कास्कीका महासचिव मोहनराज गौतम, सल्लाहकार एकराज भण्डारी र पूर्व सचिव गणेशराज अधिकारीले संयुक्तरुपमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्याथीहरुलाई पच्चीस हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्रीहरु समेत वितरण गरेका छन् ।

You might also like

Comments are closed.