चुनावका लागि मंसिर ४ र ५ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं ।  सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक सूचना जारी गर्दै, मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

गृहमन्त्रालयले जारी गरको सूचना अनुसार मतदानस्थल रहेका सार्वजनिक तथा निजी विद्यालय भने मंसिर २ देखि ५ गतेसम्म नै बन्द हुनेछन् ।

footwear zone

यही मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुन गइरहेको छ ।

 

You might also like

Comments are closed.