बिहीबार राति १२ बजेदेखि सबै नाका बन्द हुने

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनको सुरक्षाको लागि भारतसँग जोडिएका सबैं नाका मंसिर १ गते राति १२ बजेदेखि बन्द हुने भएका छन् ।

मंसिर ४ गते हुने निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर १ गते बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय अधिकारीसँग समेत समन्वय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका निर्वाचनको वेला नाका बन्द गर्न भारतीय पक्षलाई आग्रह भइसकेको छ । निर्वाचनको ७२ घन्टाअघि नाका बन्द हुने, तर अत्यावश्यक अवस्थामा भने आवातजावत गर्न पाइने व्यवस्था रहेको छ ।

footwear zone

त्यस्तै, निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मतदानको दिन कर्मचारी अबेरसम्म खटिनुपर्ने र भोलिपल्टै कार्यालय गएर काम गर्न कठिन हुने भएकाले ५ गते पनि बिदा दिने निर्णय गरिएको पोखरेलले बताए ।

निर्वाचनको अघिल्लो दिन मंसिर ३ गते शनिबार परेकाले स्वतह सार्वजनिक विदा छ भने मतदानस्थल रहेका विद्यालयमा भने २ देखि ५ मंसिरसम्म बिदा दिने निर्णय गरिएको छ ।

You might also like

Comments are closed.