भारतले स्टील निर्यातमा लगाएको कर २० प्रतिशत घटायो

काठमाडौं । भारतले स्टीलमा लगाएको निर्यात कर घटाएको छ। स्टील माइनर तथा स्टील उद्योग व्यवसायीको बारम्बारको अनुरोध पछि भारतले उक्त कर घटनाएको हो । भारतले स्टीलको निर्यातमा यसअघि लगाएको ५० प्रतिशत करलाई घटाएर ३० प्रतिशत कायम गरेको छ।

गत मे महिनामा भारतले फलामका सामाग्रीहरुको निर्यातमा ५० देखि ५८ प्रतिशत सम्मको कर लगाउँदै आएको थियो । भारतमा मुद्रास्फीति दर आकाशिदै गएपछि स्टील तथा फलामबाट निर्मित सामाग्रीको आपूर्ति आन्तरिक रुपमा बढाउन र मूल्यवृद्धि नियन्त्रण गर्न निर्यात कर बढेको थियो ।

निर्यात कर बढेपछि भारतले गत वर्षको अक्टोबर महिनामा गरेको भन्दा आधा प्रतिशत मेदेखि अक्टोबरसम्म निर्यात गरेको भारतीय समाचार माध्यमहरुले जनाएका छन्।

footwear zone

त्यसैगरी भारत सरकारले स्टिल उत्पादनहरुमा गत मेदेखि लागु गरेको १५ प्रतिशत निर्यात कर पनि हटाएको छ । सरकारले निर्यात कर कम गरेता पनि बजारले पुरानो गति लिन धेरै समय लाग्ने माइनर तथा व्यवसायीहरुको गुनासो रहेको छ ।

You might also like

Comments are closed.