विद्युत प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक बन्दै जगदम्बा इन्टरप्राइजेज, ४८ मेगावाट विजुलि लिदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक जगदम्बा इन्टरप्राइजेज बन्ने भएको छ । जगदम्बा इन्टरप्राइजेजले आफ्नो क्षमता विस्तारका लागि प्राधिकरणबाट ४८ मेगावाटसम्म विद्युत् लिने भएको छ ।

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले फलाम र स्टील उत्पादन गर्दै आएको छ । उक्त इन्टरप्राइजेजले आफ्नो क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत् लिन लागेको हो । इन्टरप्राइजेजल अहिले ४.८ एमभीएको लोड विद्युत् लिइरहेको छ ।

प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारणलाइनमार्फत उद्योगलाई थप विद्युत् उपलब्ध गराउनेछ । थप विद्युत् आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभीए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

footwear zone

उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो ।योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत् आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरणकेन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । “उद्योगले अहिले चार दशमल आठ एमभिएको लोड लिइरहेको थियो, थप ४४ एमभिए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमशः स्वीकृति लोडबमोजिम थप विद्युत् दिन सुरु गरिएको छ”, उनले भने, “स्वीकृति लोडअनुसार विद्युत् लिएमा उद्योगले मासिकरुपमा रु २० करोडभन्दा बढी महसुल तिर्ने छ ।”

 

You might also like

Comments are closed.