सप्तरी । सप्तरीको राजविराज नगरपालिका–५ स्थित पञ्चमुखी बजरङ्गबली मन्दिरमा १९ वर्षपछि मूर्ति स्थापना गरिने भएको छ।भारतबाट ल्याइएको शङ्खमरमरको बजरङ्गबलीको मूर्ति रामजानकी विवाहपञ्चमीका अवसर परेर मङ्गलबार मन्दिरमा स्थापना गरिने भएको छ।
पञ्चमुखी बजरङ्गबली मन्दिरमा प्राण प्रतिष्ठा एवम् मूर्ति स्थापनाका लागि आज सयौँको सङ्ख्यामा कलशयात्रा निकालिएको छ। पञ्चमुखी बजरङ्गबली मन्दिर निर्माण एवम् प्रतिमा स्थापना समितिका अनुसार सोमबार पूजापाठ र मंगलबार मूर्ति प्रतिमा स्थापना गरिने छ। उक्त मूर्ति दुई दशकदेखि स्थानीय सत्यनारायण चौधरी घरमा राखिएको छ ।
भारत, राजस्थानको राजधानी जयपुरबाट २०६० सालमा पञ्चमुखी हनुमानको प्रतिमा ल्याइएको हो। राजबिराज नगरपालिकाका तत्कालीन नगर प्रमुख जगरनाथ दासले २०५५ सालमा मन्दिर शिलान्यास गरी रु ५० हजार सहयोग गरेपछि स्थानीयको सहयोगमा मन्दिर निर्माण कार्य भएको हो।

मन्दिरको स्तरोन्नतिका लागि पूर्वमन्त्री स्वः मिथिला चौधरीले रु १२ लाख सहयोग गरेको उनका छोरा अभिनव चौधरीले जानकारी दिए ।




Comments are closed.