मोरङमा मेलाबाट पाँच हजारलाई रोजगारी

मोरङ । मोरङको कटहरि गाउँपालिका–१ स्थित फलफूल तथा कृषि थोक बजारमा आज लागेको एकदिने रोजगार मेलाबाट पाँच हजार जनाले रोजगार पाउने सुनिश्चित भएको छ ।

मेलामा सहभागी मोरङ, सुनसरी, झापामा सञ्चालित विभिन्न उद्योगका लागि उक्त रोजगार उपलब्ध हुने नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ कार्यकारी निर्देशक श्याम भण्डारीले बताए। उनिहरूलाई नेपाल सरकारले तोकेको पारिश्रमिकमा विभिन्न जुटमिल, रियायन्स स्पिनियङ, तारे होटल, विद्युतीय, खाद्यान्न उद्योगमा रोजगार उपलब्ध हुने जनाइएको छ ।

यस क्षेत्रमा सञ्चालित जुट उद्योगलाई विइङवर, स्पिनर, कोप्यान्डर, ड्राइङ र अपरेटरलगायत कामका लागि आवश्यक जनशक्ति, निर्माण व्यवसायीलाई दुई हजार, तार होटललाई सात सय, जुट उद्योगलाई चार हजार, विद्युतीय सामग्री उद्योग, कृषि, खाद्यान्न उद्योगलाई दक्ष एवं अदक्ष एवं सुरक्षा गार्ड गरी १० हजार जनशक्तिको आवश्यक रहेको निर्देशक भण्डारीले बताए।

footwear zone

उद्योगलाई आवश्यक पर्ने जनशक्तिको मागअनुसार तालिम, सीपको व्यवस्था कटहरि गाउँपालिकाले उपलब्ध गराउने रोजगार संयोजक रामकुमार राजवंशीले बताए। कटहरी गाउँपालिका, उद्योग वाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्त रुपमा आज आयोजित एकदिने मेलामा पालिकाको अध्यक्ष देवराज चौधरीले वैदेशिक रोजगारबाट फर्केका, उच्च शिक्षा अध्ययन गरेका दक्ष तथा अदक्ष युवायुवतीलाई स्वदेशमा रोजगारीको आकर्षण जगाउन मेलाको आयोजना गरिएको बताए। उनले पालिकाले उद्योगको आवश्यकता अनुसारको सीप तथा तथा तालिमको व्यवस्थापन गर्ने जानकारी दिए।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशिराज दाहालले युवालाई दक्षता प्रदान गरी स्वदेशमा रोजगारी व्यवस्था भएमा मुलुकको समृद्धिमा टेवा पुग्ने धारणा राखे। महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले युवालाई स्वदेशमा रोजगार उपलब्ध गराउन आवश्यक पर्ने दक्षता प्रदान गर्न महासङ्घको साथ र सहयोग उपलब्ध हुने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अन्य पालिकामा मेलाको आयोजना गरी थप रोजगार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

कटहरी–१ की राखी पासवानले १२ कक्षामा अध्ययन गरिरहेको र सोही अनुसारको रोजगारी पाउनका लागि मेलामा आएको बताइन्। यसैगरी कटहरी–५ की लोतिनकुमारी साहले आफू अदक्ष भए पनि उद्योगलाई आवश्यक पर्ने साधारण परिश्रमको कामको सक्षम भएको बताइन्। मेलामा प्रदेशका रहेका उद्योगहरूलाई आवश्यक पर्ने जनशक्तिको तथ्याङ्क सङ्कलन गर्नाका साथै सोही अनुसार रोजगारी उपलब्ध गराइनेछ ।

मेलामा विभिन्न २० उद्योगका प्रतिनिधि, तारे होटलका प्रतिनिधि, मनमोहन प्राविधिक विश्वविद्यालय बूढीगङ्गा मोरङ, सैलजा आचार्य स्मृति पोलिटेक्निक जहदा मोरङको स्टलमा महिला तथा युवायुवतीको अत्यधिक भीड रहेको थियो ।

यस्तै पोलिटेक्निकको स्टलमा विभिन्न विधामा अध्ययनका लागि विद्यार्थी विशेष चासो राखेको देखिएको छ । मेलामा रोजगारका लागि सौन्दर्यककला, विभिन्न उद्योगमा अदक्ष कामदार, स्टाफ नर्स, अनमी, सुरक्षा गार्ड, साधारण कामदार, कृषि, पशुपालन, सौन्दर्यकला, सूचना प्रविधि, प्रशासनिक, लेखा सम्बन्धीमा युवायुवती, महिला तथा पुरुषको फर्म बुझाउनेहरूको सङ्ख्या अत्यधिक छ।

You might also like

Comments are closed.