दमकल सञ्चालन गर्न सम्झौता

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको दमकल सञ्चालन गर्न बागमती र ईश्वरपुर नगरपालिका पनि साझेदार बनेका छन् ।

दमकल सञ्चालनमा बागमती र ईश्वरपुर नगरपालिकाले वार्षिक तीनतीन लाख व्यहोर्ने सहमती गरी तीन नगरपालिकाबीच दमकल सञ्चालनको सम्झौता भएको हो ।

आवश्यक परेको बखत परिचालन गर्ने गरी तीनवटै नगरपालिकाबीच सम्झौता भएको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कलम)ले जानकारी दिए ।

footwear zone

नगरपालिकाको कुनै पनि क्षेत्रमा आगलागीजन्य घटना भएमा अविलम्ब उक्त क्षेत्रमा वारुणयन्त्र पुर्‍याई आगलागी नियन्त्रण कार्यमा सहयोग पुर्‍याउने लगायतका विषयहरु सम्झौतापत्रमा समेटिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्यले बताए ।

अब दमकल सञ्चालन गर्न सहज हुने हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।

You might also like

Comments are closed.