टिआइएमा यान्त्रिक परीक्षण उडान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘लोकलाइजर’लगायत उपकरणको परीक्षणका लागि एरोथाईको जहाजले दुई दिन यान्त्रिक उडान गरेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

उनका अनुसार विमानस्थलको धावनमार्गको उत्तरतर्फ हालै लोकलाइज जडान गरिएको छ। लोकलाइजरले जहाजलाई सेन्टरलाइन देखाउँछ। ‘सेन्टरलाइजरले सही काम गरेको छ कि छैन र यसको उपयोगिता’ बारे यान्त्रिक उडानमार्फत सम्पूर्ण परीक्षण गरिएको छ। लोकलाइजर जडानपछि विमानस्थलमा जहाज अवतरण सहज हुने विमानस्थलले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाका अनुसार लोकलाइजरसहित विमानस्थलमा जडान गरिएका सम्पूर्ण सञ्चार प्रणालीको दुई दिनसम्म यान्त्रिक उडानमार्फत परीक्षण गरिएको छ।

footwear zone

बिहीबार र शुक्रबार यान्त्रिक उडानका क्रममा विमानस्थलको नियमित उडान सामान्य प्रभावित भएको थियो। यसअघि मङ्सिरको पहिलो साता एरो थाईको जहाजले अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिन यान्त्रिक उडान गरिएको थियो ।

नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मङ्सिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरिएको थियो । पोखरा, काठमाडौंसहित देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गरिनेछ।

You might also like

Comments are closed.