निःशुल्क आँखा उपचार शिविर

ललितपुर । तिलगङ्गा आँखा अस्पतालको सहयोगमा तुलसादेवी हरिहर फाउण्डेशनद्वारा आज यहाँ आयोजित निःशुल्क आँखा शिविरबाट दुई सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।

ललितपुर महानगरपालिका–२५ स्थित जन उदय माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको शिविरमा तुलसादेवी हरिहर फाउण्डेशनद्वारा सञ्चालन गरिएको तुलसालय अनाथ आश्रममा आश्रित बालबिालका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकाका साथै अन्य स्थानीय नागरिक पनि लाभान्वित भएका थिए ।

तिलगङ्गा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरु सरोज देवकोटा, नरुदेव भण्डारी, मनिषा प्रजापतिलगायत १० जनाको समूहले आँखाको जाँच गर्नुभएको थियो। सो शिविरमा एक वर्षको बच्चादेखि ८८ वर्षका ज्येष्ठ नागरिकसम्मले सेवा पाएका र सो शिविरमा आएकामध्ये मोतियाबिन्दु भएका पाँच र आँखामा मासु पलाएका चार जनालाई थप उपचारका लागि अस्पताल बोलाइएको र उनिहरुको शल्यक्रिया अस्पतालले निःशुल्क गरिदिने अस्पतालले जनाएको छ ।

footwear zone

ललितपुरको नख्खुडोलमा अवस्थित तुलसादेवी हरिहर फाउण्डेशनद्वारा सञ्चालित तुलसालय आश्रममा बालबालिका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकासमेत गरेर ४३ आश्रित रहेका छन्।

सो शिविरमा उक्त फाउण्डेशनकी अध्यक्ष सरु सुवेदी, स्थानीय समाजसेवी राजकुमार थापा र ललितपुर महानगरपालिका वडा नं २५ का वडाध्यक्ष दौलतकुमार खत्रीले आँखाको उपचारजस्तो संवेदनशील र पुण्य कर्ममा सहयोग पु¥याएकामा तिलगङ्गा आँखा अस्पताललाई धन्यवाद ज्ञापन गरेका थिए ।

You might also like

Comments are closed.