हेटौंडा । मकवानपुरको हेटौंडामा तरकारी तथा फलफूल बेच्नका लागि निमार्ण गरिएको बजार भवनको उद्घाटन गरिएको छ। हेटौंडा उपमहानगरपालिका वडा १ स्थित चौकीटोलमा निमार्ण भएको सो तरकारी बजार भवनको उपमहानगरपालिकाका नगरप्रमुख मीना लामा तथा उपप्रमुख राजेश बानीयाँले उद्घाटन गरे ।
सो तरकारी बजारमा ३३ थोक र एक सय छ खुद्रा पसल कक्ष निर्माण गरिएको नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ हेटौंडाले जनाएको छ। संघ र उपमहानगरपालिकाको लगानीमा सो बजारको निमार्ण गरिएको संघका सह–सचिव मजोज साहले जानकरी दिए ।
बसपार्कमा रहेका एक सय ६ व्यवसायीबाट रु दुई लाख ५० हजार तथा उपमहानगरपालिबाट रु ३३ लाख गरी कूल ३५ लाख ५० हजारको लागतमा सो बजार भवनको निमार्ण भएको सह-सचिव साहले बताए ।

सो अवसरमा नगरप्रमुख लामाले हेटौंडा उपमहानगरपालिकालाई व्यवस्थित वनाउन सबैको सहयोगको खाँचो रहेको बताए ।




Comments are closed.