कतारका राजदूत र राष्ट्रिय सभा अध्यक्ष कुश्माको स्काई क्याफेमा

 

पर्वत । नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैल मंगलबार कुश्माको द क्लिफ पुगेका छन् । उनी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगैको टोलीसहित कुश्मा पुगेका हुन् ।

उनीहरुले त्यहाँ स्काई क्याफेको मज्जा लिए । राजदूतको टोलीले झन्डै दुई घण्टा द क्लिफमा बिताएको अध्यक्ष राजु कार्कीले बताए। साथै कुश्मा पुगेका राजदूत हेलले त्यहाँका स्थानीय निकायसँग पनि भेटघाट गरेका थिए ।

footwear zone

पछिल्लो समय कुश्मा साहसिक पर्यटकीय गन्तव्य बन्दै गएको छ। त्यहाँ बन्जी जम्प, स्काई साइक्लिङ, स्काई क्याफे, स्वीङलगायतका साहसिक खेलका लागि देश तथा देशबाहिरका पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ ।

You might also like

Comments are closed.