काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले २३.१५ लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको ७ पुस गते बिहीबार बसेको सञ्चालक समितिको २९९ औं बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद गरी कुल २३.१५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीको हाल चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ। उक्त चुक्ता पूँजीको २२ प्रतिशतले हुन आउने १३ करोड २० लाख रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो ।

यस्तै, कर प्रयोजनका लागि १.१५ प्रतिशतका दरले ६९ लाख ४७ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने जानकारी दिएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।




Comments are closed.