हाइटीलाई तत्काल मानवीय सहायताको खाँचो छ : अमिना मोहम्मद

काठमाडौं । संयुक्त राष्ट्रसंघीय एक अधिकारीले हाइटीलाई तत्कालै सहयोग उपलब्ध गराउन अपिल गरेका छन् । संयुक्त राष्ट्रसंघीय उपमहासचिव अमिना मोहम्मदले बुधबार सो अपिल गरेकी हुन् ।

उनले हाइटीको अवस्था दिनप्रतिदिन निकै कमजोर हुँदै गएकाले उसलाई तत्कालै मानवीय सहायताको खाँचो रहेको बताएकी हुन् । उनले भनिन्– हामीलाई लागेको छ कि अहिले हाइटीको अवस्था निकै खराब छ । यस्तो अवस्थामा विश्व समुदायले उसलाई सहयोग नगर्ने हो भने अवस्था झन बिग्रिँदै जाने अवस्था छ । त्यसैले हाइटीका लागि तत्कालै मानवीय सहायताको खाँचो रहेको छ।

त्यहाँको आर्थिक अवस्था नाजुब बन्दै गएको, खाद्य असुरक्षा बढेको र अत्यावश्यकीय वस्तुको आपूर्ति पनि हुन नसकेको अवस्था त छँदैछ, त्यसैमा पनि पछिल्लो समयमा यहाँ सुरक्षाको अवस्था पनि कमजोर भएको बताइएको छ।

footwear zone

यहाँ विभिन्न आपराधिक समूहहरु जन्मिएका र उनीहरुले लुटपाट पनि मच्चाउने गरेको बताउँदै पछिल्लो समय हाइटीमा हिंसा बढ्दोरुपमा रहेको देखिएको पनि उनले बताइन्।

खाद्य असुरक्षा बढेको, स्वस्थ पानीको अभावमा हैजा तथा झाडापखालाका बिरामी बढेको, बालबालिकामा पनि पोषणको अभावमा समस्या बढेको तथा मानिसहरुको आन्तरिक विस्थापित हुनेहरुको संख्या प्रतिदिन बढ्दै गएका कारण यहाँ समस्या उत्पन्न भएकाले आवश्यक अन्तर्राष्टिय सहयोगको खाँचो रहेको उनले बताइन् ।

You might also like

Comments are closed.