सुरक्षा पदाधिकारीले कूटनीतिक भेटघाट गर्दा गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने

काठमाडौं । अब सुरक्षा पदाधिकारीले कूटनीतिक भेटघाट गर्दा गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने भएको छ ।

सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने गृह मन्त्रालयले  निर्देशन जारी गरेको छ ।

मन्त्रालयले सुरक्षा निकायका कतिपय पदाधिकारीले कर्तव्य पालनाको सिलसिलाबाहेक त्यस्ता विभिन्न भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सो निर्देशन जारी गरेको जनाएको छ ।

footwear zone

मन्त्रालयले आज एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति लिएर मात्र गर्न गराउन  तथा सोको प्रभावकारी कार्यान्वय तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन निर्देशन दिएको छ ।

उक्त निर्देशन विपरीत कार्य गरे गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.