काठमाडौं । होटल ग्रीन लुम्बिनीे प्रा.लि. ले सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रा. लि. बीच व्यवस्थाकपीय साझेदारी हुने भएको छ । दाङको लमहीमा पुष २९ गते देखि आफ्नो सेवाको शुभारम्भ गर्ने योजना रहेको होटल ग्रीन लुम्बिनीे प्रा.लि.ले जनाएको छ ।
सधैं ग्राहकको माग सगैं सेवा उपलब्ध गराउनुका साथै नेपालको प्रदेश नं ५ मा आन्तरीक र वाह्य पर्यटकहरुलाई भित्र्याउदै यस क्षेत्रको सम्बृद्धिमा सहयोग गर्ने अपेक्षा सहित आफ्ना गतिविधि सञ्चालनमा राख्ने होटल ग्रीन लुम्बिनीले जनाएको छ ।
सिद्धार्थ हस्पिटालिटी ग्रुपले व्यवस्थापकीय साझेदारीको रुपमा लिएको होटल ग्रीन लुम्बिनीे मा २० वटा अत्याधुनिक सुविधा युक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारीक वातावरण भएको रेष्टुरेन्ट, प्राइभेट डाइनिङ हल, बार, स्विमिङ पुल,स्पा लगायतका सुबिधाहरु उपलब्ध छन् । निकट भविष्यमा ४२ वटा अत्याधुनिक सुविधा युक्त कोठा, जिम, हेल्थ क्लब, साथै चार तारे स्तरीय सुविधा दिने योजना रहेको बताइएको छ ।

होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले कैलालीको टिकापुर, कर्णालीको चिसापानी, नेपालगन्ज, सुर्खेत,महेन्द्रनगर,झापाको बिर्तामोड, मोरङको विराटनगर , नुवाकोटको वटार,कपिलवस्तुको चन्रौटा, बुटवल, चितवनको चुम्लिङटार, काठमाडौं को बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा ,बौद्घ , लगायतका स्थानहरुमा ३० वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएकोे सिद्धार्थ ग्रुपले दाङको लमही –५ स्थित होटल ग्रीन लुम्बिनीमा व्यवस्थापकीय साझेदारी सहित सेवा विस्तार गरेको हो ।
दाङ लगायत लुम्बिनी प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ सिद्धार्थ गु्रपले देशका अन्य प्रमुख शहरहरुमा पनि त्यहाका व्यवसायीहरु संग व्यवस्थापकिय सहकार्य गरेर सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटेल सञ्चालन गरि रहेको छ भने भैरहवामा पाँच तारे होटल सञ्चालनको तयारीमा छ । ग्रुपले स्थानीयलाई रोजगारीको अवसर प्रदान गर्ने र स्थानीय उत्पादित सामानहरुलाई प्रोत्साहन दिनुका साथै बजारीकरण गर्न सधैँ प्रयत्नशील रहेकोमा दाङमा पनि सो कार्यलाई निरन्तरता दिइने छ ।
सिद्धार्थ होटल ग्रीन लुम्बिनी लेसुविधा सम्पन्न भवन संगै ग्राहकको सुविधाका लागि २० वटा वातानुकुलित कोठाहरु, रेष्टुरेन्ट एण्ड बारको सुविधा, स्विमिङ पुल र स्पा को सुविधा, विभिन्न प्रकारका सेमिनार ,गोष्टिका तथा तालिमका लागि हल, नेपाली, इन्डियन, चाइनिज र कन्टिनेन्टल खानाको व्यवस्था, फ्रि वाईफाईको व्यवस्था, लण्ड्री को व्यवस्था , विभिन्न होलिडे प्याकेज र हवाई टिकटको व्यवस्था लगायतका सेवा प्रदान गर्ने होटलका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए ।




Comments are closed.