कम्बोडियामा चट्याङ लागेर ६३ जनाको मृत्यु

काठमाडौं । कम्बोडियामा सन् २०२२ मा चट्याङ लागेर ६३ जनाको मृत्यु भएको छ । सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या २४ प्रतिशतले कम भएको प्रकोप नियन्त्रणका प्रवक्ताले बताएका थिए।

यस बाहेक चट्याङले गत वर्ष अन्य ५८ जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन समिति (एनसीडिएम)का प्रवक्ता सोथ किम कोल्मोनीले बताए।

footwear zone

‘चट्याङको खतराबाट बच्न, विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूले हावाहुरी वा वर्षा हुँदा घर वा आश्रयमा बस्नुपर्छ,’ उनले भने।

एनसीडीएमले उच्च जोखिममा रहेका प्रान्तहरुको वास्तविक आवश्यकताहरुको समीक्षा र मूल्यांकन गर्न भ्रमण गर्ने र ती प्रान्तहरूमा बिजुली संरक्षण उपकरणहरू स्थापना गर्नुअघि स्वीकृतिको लागि नेताहरूलाई जानकारी गराउने उनले बताए ।

You might also like

Comments are closed.