बाँकेका सात छोटी भन्सार पुनःस्थापना हुन सकेनन्

बाँके । द्वन्द्वकालमा बन्द भएका बाँकेका सात वटा छोटी भन्सार अहिलेसम्म पनि पुनःस्थापना हुन सकेका छैनन्। ती भन्सार सञ्चालनमा नआउँदा छोटी भन्सारबाट उठने भन्सार राजस्वसमेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ।

अहिले जिल्लामा रहेका सुइया, बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भघोटना, साईगाउँ र उढरापुर छोटी भन्सार बन्द रहेका छन्। यी सबै छोटी भन्सारका केही भवन भत्किएर काम नलाग्ने अवस्थामा रहेका र केहीको भवन नै नभएको बताइएको छ। यी भन्सार कार्यालयबाट विगतमा हुने आर्थिक कारोबारको कुनै अभिलेखीकरण भएकोसमेत पाइँदैन ।

“भएका छोटी भन्सार सञ्चालनमा आउन भारतले पनि सञ्चालनमा ल्याउनुपर्छ त्यसपछि मात्रै यहाँबाट भन्सार सञ्चालन हुन सक्छ”, भन्सार कार्यालय, नेपालगञ्जका भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लुप्रसाद शर्माले भने।

footwear zone

उनले भारतमा पनि ‘काउन्टर पार्ट’ स्थापना गरे छोटी भन्सार सञ्चालन हुन सक्ने जानकारी दिँदै नेपालले चाहेर मात्रै सञ्चालन नहुने बताए। यस्ता छोटी भन्सारबाट साना सामग्री धेरै आउने गरेको बताइएको छ।

You might also like

Comments are closed.