नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्बमा झर्‍यो

काठमाडौं । नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब रुपैयाँमा झरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गएको मंसिर मसान्तसम्म आन्तरिक र बाह्यगरी नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँमा झरेको हो ।

गएको असार मसान्तसम्म सार्वजनिक ऋण २० खर्ब १३ अर्ब ३० करोड रुपैयाँ थियो। मंसिरसम्मको तथ्यांकअनुसार नेपालको सार्वजनिक ऋण २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार प्रतिव्यक्तिमा भाग लगाउने हो भने ६८ हजार ७५५ रुपैयाँ पर्न आउँछ ।

गएको असारभन्दा मंसिरमा सार्वजनिक ऋण कम हुनुको कारण पहिलो चौमासिकमा सरकारले गरेको सावाँ–ब्याज भुक्तानी तथा आर्थिक वर्षमा लक्ष्यअनुसार ऋण प्राप्ति भइनसक्नु हो ।

footwear zone

मंसिरसम्म सरकारले सावाँ र ब्याजमा झण्डै पौने खर्ब रुपैयाँ भुक्तानी गरेको छ । यसैबीच गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात साउनदेखि पौषसम्ममा विद्युतीय गाडी आयात ५० दशमलव ८८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।

You might also like

Comments are closed.