नयाँ विप्रेषण विनियमावली २०७९ जारी

काठमाडौं । नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ जारी भएको छ। केन्द्रीय बैंकले विप्रेषण विनियमावली २०६७ लाई खारेज गरेर विप्रेषण विनियमावली २०७९ जारी गरेको हो ।

नयाँ विनियमावलीअनुसार नेपाल राष्ट्र बैंकले विप्रेषण कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड रुपैयाँ निर्धारण गरेको छ। यसअघिको विनियमावलीमा रेमिट्यान्स कम्पनीहरुलाई विभिन्न ३ तहमा वर्गीकरण गर्दै २ करोड, १० करोड र २५ करोड चुक्ता पुँजी पुर्याए हुने व्यवस्था थियो।

तर, अब भने राष्ट्र बैंकले विप्रेषण कम्पनीहरुलाई २ तहमा विभाजन गर्दै न्यूनतम १० करोड र २५ करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेको हो। राष्ट्र बैंकले विप्रेषण सेवा प्रदान गर्दै आएका कम्पनीलाई न्यूनतम चुक्ता पुँजी पुर्याउन २०८५ असार मसान्तसम्मको समयावधि दिएको छ। जसअनुसार विप्रेषण कम्पनीले २०८१ असार मसान्तभित्र न्यूनतम ३ करोड, २०८२ असार मसान्तभित्र न्यूनतम ४ करोड, २०८३ असार मसान्तभित्र न्यूनतम ६ करोड, २०८४ असार मसान्तभित्र न्यूनतम ८ करोड र २०८५ असार मसान्तभित्र न्यूनतम १० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ ।

footwear zone

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नयाँ नियमावली बमोजिम गर्न गराउनको विप्रेषण कारोबार गर्ने सम्पूर्ण कम्पनीहरुलाई निर्देशन दिएको छ।

You might also like

Comments are closed.