पोयुसाँपले मनायो सामूहिक साहित्यिक जयन्ती

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले वाङमय क्षेत्रका दिवंगत स्रष्टाहरुको सम्झना गर्दै श्रीपञ्चमीका दिन सामूहिक साहित्यिक जयन्ती मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संगीत तथा नाट्य प्राज्ञ प्रतिस्ठानका पुर्व कुलपति सरुभक्तले सामूहिक साहित्यिक जयन्तीको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाले २०३५ सालदेखि दिवङ्गत स्रष्टाहरुको सम्झनामा श्रीपञ्चमीका दिन सामुहिक जयन्ती मनाउँदै आएको बताए ।

कलाकारहरुलाई वैशाखमा र संगीतकारहरुलाई महाशिवरात्रीमा स्मरण गरिँदै आएको उनले जानकारी दिए । ३५ सालमा पहिलोपटक यो कार्यक्रम गर्दा रथमा विभिन्न कवि, साहित्यकारहरुको फोटो राखेर सहर परिक्रमा गरेर विन्ध्यवासिनीमा कोण सभा गरेको उनले स्मरण गरे ।

footwear zone

श्रीपञ्चमीका दिन सरस्वतीको आराधाना गरिने हुँदा सिर्जनामा लाग्ने साहित्यकारहरुलाई सामूहिक रुपमा स्मरण गर्नु सान्दर्भिक रहेको उनले बताए । उनले यस्ता कार्यक्रमले पुराना साहित्यकार र नयाँ पुस्ताबीच पुलको काम गर्ने बताए ।

प्राज्ञ रमेश श्रेष्ठ, हनिफ मिया, प्रकाश घिमिरे, सरस्वती प्रतीक्षा, लक्ष्मण थापा, ई. कौशलचन्द्र जि.सी, मोती भुजेल, शिव त्रिपाठि, प्रकाश आचार्य, शिव संकल्प, हसिना वस्नेत, विकासरोका मगर, एम.डि. काफ्ले, मिलन गिरी मुक्तिनाथ अधिकारीलगायतका कविहरुले दिवगंत स्रस्टाका सिर्जनाहरु वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्य संयोजक शरण आंशुले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गरेका थिए।

You might also like

Comments are closed.